NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

दुई सहसचिवको सचिवमा बढुवा, दुईको सरुवा

काठमाडौ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमको सरुवा भएको हो ।

सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको हो। न्याय सेवा आयोगको सिफारिसअनुसार सो सरुवा भएको हो । त्यस्तै, न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ। रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगाना सचिवमा बढुवा भएका छन्।

श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा र ढुंगानालाई कानुन आयोगको सचिव पदमा पदस्थापन पनि गरिएको एक मन्त्रीले जानकारी दिए।