विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको हो ।
विपद्मा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।
बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया