परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा निस्किँदै

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा निस्कने भएकी छन् ।
भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेकी हुन् ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
ताजा अपडेट
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया