अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब खिच्दैँ केन्द्रीय बैंक

काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै छ । अधिक तरलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
केन्द्रीय बैंकले २१ दिनको लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १ खर्ब तरलता खिच्न लागिएको छ । उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया