अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब खिच्दैँ केन्द्रीय बैंक
काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै छ । अधिक तरलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
केन्द्रीय बैंकले २१ दिनको लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १ खर्ब तरलता खिच्न लागिएको छ । उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया