तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता सेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी आठ दशमलव ५२, न्यादी हाइड्रोपावर आठ दशमलव ४६, शुभम पावर सात दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले सात दशमलव ५८ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया