एकीकृत समाजवादीको निर्वाचन २ बजेदेखि सुरु हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचनका लागि उम्मेद्वारको नाम दर्ता बिहानदेखि सुरु गरेको छ ।
पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि निर्वाचन गर्न लागेको पार्टीले उम्मेदवारी दर्ताको प्रक्रिया सकिएपछि दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न गर्ने कार्य तालिका छ ।
अपराह्न २ देखि ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै साँझसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताज मोहम्मद मियाँले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारी र बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्यलगायत विभागका संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।
केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पदाधिकारीको टुङ्गो लगाउन पार्टीको यही भदौ ९ गतेदेखि आजसम्म केन्द्रीय कमिटी बैठकसमेत चलेको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । उम्मेदवारी दर्ता गराएका नेताहरुले प्रचारप्रसार तथा आफ्ना मतदाताप्रति मत माग्न व्यस्त छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया