NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २३ गते

राष्ट्रिय परिचयपत्र अब वेभसाइटमा हेर्न र प्रिन्ट गर्न सकिने

काठमाडौं । राष्ट्रिय परिचयत्र अब सर्वसाधरण आफैंले वेभसाइटमा हेर्न प्रिन्ट गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आइतबारदेखि यस्तो सुविधा दिएको हो ।
पञ्जीकरण विभागको वेभसाइडमा गइ नागरिकता नम्बर तथा जन्म मिति राखेपछि परिचयपत्र हेर्न सकिने र सर्वसाधरणले आवश्यकअनुसार सामान्य कागजमा आफैं प्रिन्ट गर्न मिल्ने सिष्टम बनाएको छ । ‘अब परिचयपत्र प्रणालीमा इनरोल भएर नम्बर हराएकाहरुले पनि यहीबाट आफ्नो नम्बर प्राप्त गर्न सक्नेछन्,’ विभागका महानिर्देशक युवराज कटेलले भने,‘साथै परिचयपत्र पनि आफैं प्रिन्ट गर्न मिल्ने बनाइएको छ ।’ क्युआरकोडमार्फत समेत सो वेभसाइडमा जान मिल्ने गरी विभागले आइतबार परिपत्र गर्नुका लागि सूचना प्रकाशित गरेको छ । महानिर्देशक कटेलका अनुसार दुई सातापछि क्युआरकोडसहितकै परिचयपत्र सर्वसाधरण आफैंले छाप्न मिल्ने गरी प्रणाली बनाउन लागिएको छ ।
चिपसहितको कार्ड छाप्न समय लाग्ने भएकाले यसरी सामान्य कागजत्रमा कार्ड छाप्न मिल्ने सुविधा विभागले सुरु गरेको हो । हालसम्म विभागले करिब ५० लाख कार्ड छापेको छ । त्यसमध्ये सर्वसाधरणले १० लाख मात्र लिएका छन् । राहदानी बनाउन बाहेक अन्य सरकारी सेवाका लागि परियचपत्र नम्बर अनिवार्य गरिएको छैन । जसकारण धेरै सर्वसाधरण कार्ड लिन गएका छैनन् । सरकारले अन्य सेवामा पनि परिचयपत्र नम्बर अनिवार्य गर्दै लैजाने भएकाले कार्डसम्बन्धि सेवा सरल बनाउँदै लगेको छ ।
सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को सट्टा समेत राष्ट्रिय परिचयपत्र नै दखाउँदा हुने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच गत साता समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । सोही अनुसार ट्राफिक प्रहरीले पनि क्युआरमार्फत परिचयपत्र क्यान गरेर लाइसेन्स भए÷नभएको जाँच गर्ने प्रणाली कार्यान्वायन गर्ने तयारी गरेको छ । त्यसका लागि प्रदेशका यातायात मन्त्रालयमार्फत ट्राफिक प्रहरीलाई मोबाइल जस्तै क्युआर रिडर खरिद गरी वितरण गर्ने समझदारी भएको छ ।

Shop now at the largest super clone Replica Rolex watches website! From AAA grade fake Rolex to the highest quality super clone Rolex watches on the market! Replica Watches uk