सिनियरलाई उछिन्दै एकनारायण अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।
अर्याल हाल गृहसचिवमा कार्यरत छन् । हालकी मुख्यसचिव लिलादेवी गड्तौलाले १६ भदौदेखि अनिवार्य अवकाश पाउने भएकाले त्यसपछि लागु हुने गरी अर्याल नियुक्त भएका हुन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत डा.तोयनारायण ज्ञवाली र महिला मन्त्रालयका दिनेश भट्टराई अर्याल भन्दा सिनियर भएपनि अर्याललाई नै प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका छन् । अर्याल तुलनात्मक रुपमा निजामती प्रशासनमा सुधारका पक्षपाती प्रशासकका रुपमा मानिन्छन् ।
मुख्यसचिवको प्रतिस्पर्धामा पहिलो बरियतामा तोयनारायण ज्ञवाली, दोस्रोमा रामकृष्ण सुवेदी र तेस्रोमा दिनेश भट्टराई थिए।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया