छानबिनमा तानिए डिआइजी पोखरेल, १० घुमुवा पनि प्रश्नको घेरामा
काठमाडौं । नेपाल प्रहरीका डिआइजी यज्ञविनोद पोखरेलमाथि विस्तृत छानविन अघि बढेको छ ।
मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छँदा खातामा स्रोत नखुलेको रकम कारोबार गरेको खुलेपछि उनी छानबिनमा तानिएका हुन् ।
प्रहरी प्रधान कार्यालयले अहिले उनीमाथि विस्तृत छानबिन गरिरहेको छ । उनका १० जना घुमुवामाथि पनि प्रधान कार्यालयले सोधपुछ गरिरहेको छ ।
यसैबीच, उनको खातामा पैसा हाल्ने जनकपुरका जितेन्द्र कर्ण पक्राउ परेका छन् ।
केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आफैंले डिआइजी पोखरेलमाथि कारबाही हुन लागेको खुलासा गरेका थिए । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एक डिआइजीको खातामा पैसा भेटिएकाले उनी छिट्टै फस्ने लागेको भन्दै सजग हुन निर्देशन दिएका थिए।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया