छानबिनमा तानिए डिआइजी पोखरेल, १० घुमुवा पनि प्रश्नको घेरामा

काठमाडौं । नेपाल प्रहरीका डिआइजी यज्ञविनोद पोखरेलमाथि विस्तृत छानविन अघि बढेको छ ।
मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छँदा खातामा स्रोत नखुलेको रकम कारोबार गरेको खुलेपछि उनी छानबिनमा तानिएका हुन् ।
प्रहरी प्रधान कार्यालयले अहिले उनीमाथि विस्तृत छानबिन गरिरहेको छ । उनका १० जना घुमुवामाथि पनि प्रधान कार्यालयले सोधपुछ गरिरहेको छ ।
यसैबीच, उनको खातामा पैसा हाल्ने जनकपुरका जितेन्द्र कर्ण पक्राउ परेका छन् ।
केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आफैंले डिआइजी पोखरेलमाथि कारबाही हुन लागेको खुलासा गरेका थिए । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एक डिआइजीको खातामा पैसा भेटिएकाले उनी छिट्टै फस्ने लागेको भन्दै सजग हुन निर्देशन दिएका थिए।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया