एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो बैठक दिउँसो साढे १२ बजे बस्ने छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेकाे पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताए ।
उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ ।
आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको कार्यालय सचिव डा अधिकारीले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया