४० सहसचिवको सरुवा, काठमाडौं महानगरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुख पनि फेरिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्दशक उद्धव प्रसाद रिजालको मधेस प्रदेशमा सरुवा भएको छ । त्यस्तै, सूचना तथा प्रशासन विभागका बलराज रिजालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवार तोकिएको छ ।
रामेछापकी सिडिओ अनिता निरौलाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । पाँच जना सहसचिवहरुलाई अन्यत्रबाट गृह मन्त्रालयमा लगिएको छ । सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेल र गोविन्द रिजालको गृहमा सरुवा भएको छ ।
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन् । हाल कार्यरत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने वाणिज्य मन्त्रालयका सरोज गुरागाईलाई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ । २७ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सरुवाको निर्णय आइतबार सार्वजनिक भएको हो ।
यस्तो छ सरुवा सूचीः
ताजा अपडेट
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
-
मनसुनजन्य विपद्: विगतमा के भयो, के सिकियो ?
प्रतिक्रिया