इजरायली आक्रमणमा परी लेबनानमा ४९२ जनाको मृत्यु
काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको जनाएको छ ।
आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
हिजबुल्लाहविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएको इजरायली सेनाले १ हजार ३ सय आश्रयस्थलमा आक्रमण गरेको छ । जसका कारण हजारौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।
उता, हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले संयम अपनाउन आग्रह गरेका छन्। यो द्वन्द्व लम्बिँदै जाँदा ठूलो युद्धमा परिणत हुने भन्दै विश्वभरका नेता चिन्तित देखिएका छन् । एजेन्सी
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया