इजरायली आक्रमणमा परी लेबनानमा ४९२ जनाको मृत्यु

काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको जनाएको छ ।
आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
हिजबुल्लाहविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएको इजरायली सेनाले १ हजार ३ सय आश्रयस्थलमा आक्रमण गरेको छ । जसका कारण हजारौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।
उता, हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले संयम अपनाउन आग्रह गरेका छन्। यो द्वन्द्व लम्बिँदै जाँदा ठूलो युद्धमा परिणत हुने भन्दै विश्वभरका नेता चिन्तित देखिएका छन् । एजेन्सी
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया