दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै
दाङ । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो ।
प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।
जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए। उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौँ पठाइएको हो ।
जिउँदो खसी प्रतिकेजीको रु पाँच सय ६० र बोका प्रतिकेजीको रु पाँच ४० को दरमा खरिद गरिएको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो ।
गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौँ पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया