प्रधानमन्त्री ओलीले किन बोलाए सत्तारुढ दलको बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले बिहान ९ बजेबाट बैठक सुरु भएको हो ।
आफू नेतृत्वको सरकारको सय दिनको काम/कारबाहीको आलोचना भइरहेका बेला ओलीले सत्तासाझेदार दलबीच छलफल गरेका हुन् ।
बैठकमा सरकारका काम/कारबाही र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओली गत असार ३० गते कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए । ओलीले बुधबार नै आफू नेतृत्वको सरकारले १०० दिनमा गरेका उपलब्धि सार्वजनिक गर्दैछन् ।
दुई ठूला दल मिलेर गठित सरकारले जनताबीच आशा जगाउने आशा गरिए पनि ओली नेतृत्वको सरकारमाथि जनभावनाअनुरूप काम गर्न नसकेको आरोप छ । यद्यपि, प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले भने सरकारले राम्रो काम गरिरहेको दाबी गरिरहेका छन् ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया