छतबाट लडेर मजदुरको मृत्यु
काठमाडौ । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया