ट्रेकिङ गएर फर्किदै गरेका शिक्षक दम्पत्ति दुर्घटनामा बिते
चितवन । चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा शिक्षक दम्पत्तिले ज्यान गुमाएका छन् । कास्कीको मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो ।
दुवै जना तिहार मनाएर मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कदै थिए । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । भुषाल दम्पत्तिका एक छोरा र एक छोरी छन्। उनीहरु विनयी त्रिवेणी नगरपालिका–४ मा रहेको मणिसिद्ध आधारभूत विद्यालय, धर्साहमा कार्यरत थिए। सन्तोष राहत कोटामा तथा सबिना करार शिक्षकका रुपमा कार्यरत थिइन्।
मृत्यु हुनेमा भुषाल दम्पतीसहित गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी र भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् । मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । दुर्घटनामा एक जना गम्भीर घाइते छन् भने चार जना सामान्य घाइते छन् ।
ताजा अपडेट
-
कामपा-१६ की निर्वाचित अध्यक्ष श्रेष्ठले लिइन् शपथ
-
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
-
जापानमा यो वर्ष सामान्य भन्दा तापक्रम बढी
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
प्रतिक्रिया