हाउजीङमा भेटिएका मनाङे २२ महिना जेल बस्नुपर्ने

काठमाडौं । काठमाडौैंको सृीतापाइलाबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ(दीपक मनाङे)लाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबीको कार्यालयमा लगिएको छ । प्रहरीले उनलाई सीतापाइलाको कम्फर्ट हाउजीङ लुकेको अवस्थामा पक्राउ गरेको हो ।उनलाई केही समयमा अदालतमा उपस्थित गराइने सिआइबीका एसपी होबिन्द्र बोगटीले बचाए । मनाङे आजै जेल चलान हुनेछन् । पाँच वर्ष कैद सजाय भएकोमा उनी २८ महिना जेल बसिसकेकाले अब २२ महिना जेल बस्नुपर्नेछ । जेल परेसँगै आजै उनी निलम्बनमा पर्नेछन् ।
गत २० कात्तिकमा सर्वाेच्च अदाललतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगत्तै फरार भएका मनाङ एक सातापछि पक्राउ परेका हुन् ।
२०६१ सालमा अर्का गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा सर्वाेच्चले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो । उच्च अदालतले गरेको पाँच वर्ष कैदको सजायलाई सर्वाेच्चले सदर गरेको हो । गुन्डागर्दी पृष्ठभुमीका उनी मनाङ(ख) बाट निर्विरोध निर्वाचित भई ६ पटक गण्डकी प्रदेशमा मन्त्री भएका थिए ।
प्रतिक्रिया