NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

इन्धनको मुल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेको छ । डिजेल र मट्टितेलको मूल्य बढाइएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । पेट्रोल र ग्याँसको मूल्य भने यथावत छ ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

जसअनुसार पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष