NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

२६ स्थानमा मात्र रास्वपाले दियो उम्मेदवारी

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आधा स्थानमा मात्र उम्मेदवारी दर्ता गरेको छ । उसले २६ स्थानमा उम्मेदवारी दिएको छ । काठमाडौंको कीर्तिपुरको मेयरसहित विभिन्न स्थानमा उसले उम्मेदवारी दिएन ।
उपनिर्वाचनका लागि आइतबार सबैतिर उम्मेदवारी दर्ता भएको छ । कतिपय स्थानमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेले मिलेर उम्मेदवारी दिएका छन् । कतै माओवादी र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा छ ।