NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेप्सेमा एकल अंकको वृद्धि, यी कम्पनीले कमाए सर्वाधिक

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एकल अंकको वृद्धि देखिएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ९.०९ अंकले घटेर २७११.७५ विन्दुमा झरेको छ ।

बुधबार ३२३ कम्पनीको ७४ हजार ३.०३ पटकको कारोबारमा एक करोड ५४ लाख ५४ हजार ५५२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रूपैयाँको कारोबार भएको छ ।

आज  कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूह घटेको छ भने बाँकी बढेका छन् । बैंकिङ, जीवन बीमा, उत्पादन, नीर्जीवन र अन्यको उपसमूहको क्रमश : ०.२६, ०.१८, ०.००, ०.०२१ र ०.०७ प्रतिशतले घटेको छ ।

आज पाँच कम्पनको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेपलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेपलभर्स, सप्तकोशी डेपलभमेन्ट बैंक र महिला लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै गुँरास लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा न्यादी ग्रुपको सर्वाधिक ३२ करोड ८१ लाख ९० हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा जानकी फाइनान्स कम्पनीको ३२ करोड २० लाख र नेपाल फाइनान्स लिमिटेडको १५ करोड ५१ लाखको कारोबार भएको छ ।