‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आम्दानी
चौतारा । साँगाचोकगढी नगरपालिका–१४, डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् ।
६ रोपनीमा रु. ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरे ।
बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्मेहम्मे परेको बताउँछन् ।
विदेश जाने खर्च आफ्नै गाउँघरमा ड्रागन फ्रुटका लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाए ।
वर्षको दुई पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चार लाख सहयोग गरेको छ । एक पटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनी बताउँछन् ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया