NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

धितोपत्र बोर्डले आज नयाँ अध्यक्ष पाउने सम्भावना

काठमाडाैं । झण्डै एक वर्षदेखि  नेतृत्वविहीन नेपाल धितोपत्र बोर्डले आज नयाँ अध्यक्ष पाउने प्रबल सम्भावना देखिएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नेभएसँगै  सम्भावना बढेर गएको हो ।

सिफारिस समितिले बोर्ड अध्यक्षको लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको छ। यी तीनजना मध्ये एक जना बोर्डको अध्यक्ष नियुक्त हुने सम्भावना छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त रहेको छ।