NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ११ गते

एनआइएमबि एस क्यापिटलको साधारणासभा पुस ५ गते, लाभांश पारितसहित यस्ता छन् एजेण्डा

काठमाडाैं । एनआइएमबि एस क्यापिटले पुस ५ गते १२ औँ वार्षिक  साधारण सभा बोलाएको छ । क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले साधारणासभाको मिति तय गरेको हो । साधारणा सभा क्यापिटलसको हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु जनाएको छ ।

क्यापिटलले  गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले प्रस्तावित लाभांश सभामा  प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान, नगदप्रवाह विवरणउपर छलफल हुनेछ । यसबाहेक आर्थिक वर्ष २०८०–८१ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्ग खर्च गरिएको रकम पारित गर्ने रहेको छ ।