काठमाडौं महानगरपालिकाभित्र प्लास्टिकजन्य फोहोर जलाउन निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ ।
प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने कार्यले वायु प्रदूषण वृद्धि हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै महानगरपालिकाले यस्ता फोहोर जलाउन निषेध गरेको हो ।
काठमाडौं महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै कोही कसैबाट यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८१ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यी ऐनमा कसैले खुला रूपमा फोहोर गरेमा वा प्लास्टिकजन्य फोहोर बालेर वातावरण प्रदूषण गरेर नगद जरिवाना गर्नेलगायत व्यवस्था छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया