व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड

गण्डकी । सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छ्न् ।
यहाँ सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताए ।
सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताए । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उनले दिए ।
सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उनले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति आवश्यक कानुुनी व्यवस्था गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताए ।
सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत सहभागी थिए ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया