रहेनन् भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह
काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार राति एक बुलेटिन सार्वजनिक गर्दै एम्स अस्पतालले राति ९ः५१ मिनेटमा सिंहको निधन भएको जनाएको छ ।
भारतीय कांग्रेस सम्बद्ध सिंह सन् २००४ देखि सन् २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।
अर्थशास्त्रीसमेत रहेका सिंहले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतको अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्नुका साथै दिगो विकासमा जोड दिएको जस उनलाई दिने गरिन्छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया