साझा यातायातको सिइओमा दरखास्त आह्वान
काठमाडौं । साझा यातायातले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पूर्ति गर्ने गरी साझाले सोमबार सिइओमा दरखास्त आह्वान गरेको हो ।
सिइओ पद रिक्त रहेकाले खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नेगरी योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरिएको साझाले जनाएको छ ।
मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेका, कुनै सरकारी सेवा, प्रचलित कानूनबमोजिम दर्ता भएका संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ/संस्थाको अधिकृतस्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन साझाको पुल्चोकस्थित प्रधान कार्यालयमा गएर २१ दिनभित्र दिन सकिनेछ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी



प्रतिक्रिया