वासिङ्टन डिसीमा ठोक्किए विमान र हेलिकप्टर, सवार थिए ६४ जना
काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा उडिरहेको अमेरिकन एयरलाइन्सको विमान र हेलिकप्टर ठोक्किएका छन् । विमान र हेलिकप्टरमा ६० यात्रु र चार जना चालक दलका सदस्य सवार थिए ।
रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै स्थानीय समय अनुसार राति ९ बजे दुर्घटना भएको हो ।
अमेरिकाको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले विमान र हेलिकप्टर ठोक्किएको पुष्टि गर्दै यसमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
रेडन एअरपोर्टले सामाजिक सञ्जाल एक्समा हेलिकप्टरसँग ठोक्किएको विमान पोटोम्याक नदीमा खसेको उल्लेख गरेको छ । दुर्घटनापछि सबै उडानहरू स्थगित गरिएको छ ।
अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य रहेको पुष्टि गरेको छ।
बिबिसीका अनुसार, वासिङ्टन डिसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थल पुगेको छ। त्यहाँ धेरै एम्बुलेन्स र दमकलहरू देख्न सकिन्छ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया