NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सिंहदरबारमा विपक्षी दलको बैठक सुरु

काठमाडौं । सत्ताबाहिर रहेका विपक्षी दलहरू संवादमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय, सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका नेताहरू सहभागी छन् ।

संघीय संसदको हिउँदे अधिवेशनमा सहकार्य गरेर जाने सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको विपक्षी दलका नेताहरूले जनाएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन भोलि शुक्रबारबाट सुरु हुँदैछ ।

सत्तारूढ दलले संसदको हिउँदे अधिवेशन आह्वान नगरी केही साताअघि विभिन्न अध्यादेश ल्याएको थियो । त्यसलाई संसदको अधिवेशन सुरु हुनेबित्तिकै प्रस्तुत गरेर पास गर्ने सत्तापक्षीय दलको तयारी छ । तर विपक्षी दलले भने संसदको अवमूल्यन गर्दै अध्यादेश ल्याइएको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दिँदै आइरहेका छन् । यद्यपि, अध्यादेशलाई पास हुन रोक्ने संख्या भने विपक्षी दलसँग छैन ।

ताजा अपडेट

नेपालवाच विशेष