बजारमा कोनिका मिनोल्टाका नयाँ प्रिन्टर, एक्स्पोमा गए २० प्रतिशतसम्म छुट

काठमाडौं । बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टरको बिक्री वितरण नेपाली बजारमा सुरु भएको छ । बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट, एक्स्पोबाट सागर ग्रुपले उक्त ब्रान्डका तीन फरक मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।
बजारमा बिक्री वितरण थालिएका प्रिन्टरका नयाँ मोडलमा कोनिका मिनोल्टा बीएच–सी२२६, कोनिका मिनोल्टा बीएच–३०६आई÷डब्लू र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू छन् ।
बजारमा बिक्री वितरण भइरहेका यी प्रिन्टर गुणस्तरीय रहेको र मूल्य पनि औसत रहेको सागर ग्रुपले जनाएको छ ।
सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धरले दैनिक कार्यमा यी प्रिन्टरले सहजता प्रदान गर्ने उल्लेख गर्दै बलियो समेत भएकाले लामो समय टिक्ने जानकारी दिइन् । उनका अनुसार गुणस्तरीय यो प्रिन्टरमा उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन रहेका छन् ।
एक्स्पोमा गएर खरिद गरे २० प्रतिशत छुट
सागर ग्रुपले बुधबारदेखि बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा एक्स्पोसमेत आयोजना गरेको छ । आगामी २९ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा पुगेर ग्राहकहरूले नयाँ मोडलका प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने सागर ग्रुपकी उपाध्यक्ष मानन्धरले जानकारी दिइन् ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया