बजारमा कोनिका मिनोल्टाका नयाँ प्रिन्टर, एक्स्पोमा गए २० प्रतिशतसम्म छुट
काठमाडौं । बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टरको बिक्री वितरण नेपाली बजारमा सुरु भएको छ । बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट, एक्स्पोबाट सागर ग्रुपले उक्त ब्रान्डका तीन फरक मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।
बजारमा बिक्री वितरण थालिएका प्रिन्टरका नयाँ मोडलमा कोनिका मिनोल्टा बीएच–सी२२६, कोनिका मिनोल्टा बीएच–३०६आई÷डब्लू र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू छन् ।
बजारमा बिक्री वितरण भइरहेका यी प्रिन्टर गुणस्तरीय रहेको र मूल्य पनि औसत रहेको सागर ग्रुपले जनाएको छ ।
सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धरले दैनिक कार्यमा यी प्रिन्टरले सहजता प्रदान गर्ने उल्लेख गर्दै बलियो समेत भएकाले लामो समय टिक्ने जानकारी दिइन् । उनका अनुसार गुणस्तरीय यो प्रिन्टरमा उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन रहेका छन् ।
एक्स्पोमा गएर खरिद गरे २० प्रतिशत छुट
सागर ग्रुपले बुधबारदेखि बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा एक्स्पोसमेत आयोजना गरेको छ । आगामी २९ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा पुगेर ग्राहकहरूले नयाँ मोडलका प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने सागर ग्रुपकी उपाध्यक्ष मानन्धरले जानकारी दिइन् ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया