खानेपानीका मिटर चोरीका घटना बढ्दो

मनहरी (मकवानपुर) । हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो । उपभोक्ताहरूले व्रासवडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ । उक्त पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ ।
मिटरमा पाइने पितल बजारमा रु आठ सयसम्ममा बिक्री हुने गर्छ । हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ । खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौँडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया