NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ४०० रूपैयाँले अकाशिएको हो ।

बिहीबार प्रतितोला सुन रु. एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।