वातावरण क्षेत्रमा चीनको नयाँ कदम : नवप्रवर्तन प्रवर्द्धन गर्दै

एजेन्सी । चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ ।
सन् २०३५ सम्म प्रविधि र उच्च–स्तर विज्ञान–टेक प्रतिभाको सुधार सङ्ग क्षेत्रको नवीनता प्रणालीको समग्र दक्षता उल्लेखनीय रूपमा बढाइनेछ । दिशानिर्देश अनुसार चीनले यस क्षेत्रको वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहिरो बनाउने र देशको पारिस्थितिक तथा वातावरणीय शासन क्षमतालाई थप सुधार गर्ने छ ।
यसले आविष्कारको लागि खुला र समावेशी वातावरण सिर्जना गर्नेछ । साथै, आधारभूत अनुसन्धान, प्रमुख प्राविधिक सफलता, वैज्ञानिक र प्राविधिक उपलब्धिको रूपान्तरण र स्थानान्तरणमा सुधार गर्ने योजनाहरू लागू गर्नेछ ।
यी योजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आर्थिक सहयोग र खुला सहकार्यलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया