क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमा नयाँ प्रतिबन्ध
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै ट्रुडोले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् ।
युक्रेनविरुद्धको युद्धमा रुसले तेल बेचेर आर्थिक स्रोत जुटाएको र त्यसका लागि जहाजमार्फत अवैध ढंगले तेल बिक्री गरेको उनको आरोप छ ।
‘युक्रेन युद्धका लागि चाहिने आर्थिक स्रोत रुसले तेलको आम्दानीबाट जुटाइरहेको छ,’ उनले लेखेका छन्, ‘रुसले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न जहाजहरू मार्फत अवैध रूपमा आफ्नो तेल विश्वभर पुर्याइरहेको छ।’
किएभमा रुसका १०९ तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरिएको उनको भनाइ छ ।
यसअघि प्रधानमन्त्री ट्रुडोले स्थायी शान्तिको लडाइँ एक्लै जित्न नसकिने भन्दै क्यानडा सधैं युक्रेनको पक्षमा खडा हुने बताएका थिए ।
युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न सैन्य सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया