लामिनार टाइल्सको सेन्टो– विमानस्थलदेखि घरसम्म उपयुक्त
कम्पनीको दाबी– ग्रेनाइट र मार्बलको उत्कृष्ट विकल्प

काठमाडौं । नेपालकै पहिलो र एक मात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनजार टाइल्सले फुल बडी टाइल सेन्टो संग्रह सार्वजनिक गरेको छ ।
लामिनार टाइल्सले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामक फुल बडी टाइल संग्रह बजारमा ल्याएको हो । देशकै पहिलो र एक मात्र सेन्टो टाइल अत्यधिक टिकाउ, बलियो र गुणस्तरयुक्त रहेको कम्पनीको भनाइ छ ।
फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि एउटै डिजाइनका हुन्छन् । त्यसैले सामान्य घर्षण हुँदा वा चोइटिँदा यसको रंग र बनावटमा कुनै फरक नपर्ने लामिनार टाइल्सको उत्पादक लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानले जानकारी दिए ।
पिईआई रेटिङ्ग ५ भएकाले उच्च आवात–जावत हुने विमानस्थल, सपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटीलगायतका व्यावसायिक र आवास क्षेत्रका लागि सेन्टो टाइल उपयुक्त हुने कम्पनीले जनाएको छ ।
रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत यो टाइलले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको कम्पनीको दाबी छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।
घर वा कार्यालयका भ–याङमा राखिने ग्रेनाइट र मार्बल चिप्लो हुने भएकाले त्यसको उपयुक्त विकल्पका रूपमा यो टाइल आएको कम्पनीको भनाइ छ ।
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो उद्घाटन समारोहबीच यसको सार्वजनिक गरे । आकर्षक डिजाइनसँगै दिगो, बलियो र गुणस्तरीय यो टाइल व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बन्न सक्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया