NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

इजरायल–हमास युद्ध : ४२ दिन थपियो युद्धविराम

काठमाडौं (एजेन्सी) । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन्। योसँगै युद्धविरामको अवधि ४२ दिन थपिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व दूत स्टीव विटकोफले इजरायलसमक्ष युद्धविराम लम्ब्याउने प्रस्ताव गरेका थिए । जसलाई नेतान्याहुले अनुमोदन गरेका हुन् ।

रमजान र यहुदी पासओभरलाई ध्यानमा राख्दै गाजा युद्धविरामलाई अर्को छ हप्ता थप गर्न नेतन्याहुले सहमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । युद्धविरामको पहिलो चरण समाप्त भएलगत्तै शनिबार मध्यरातमा यो घोषणा गरिएको हो।

स्टीव विटकोफले युद्धविरामको समय थप गर्न गरेको प्रस्तावमा दोस्रो चरणको वार्ता असफल भएको महसुस गरेमा इजरायलले ४२ दिनपछि पुनः लडाइँ सुरु गर्न सक्ने उल्लेख छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार इजरायललाई लगभग ४ बिलियन डलरको सैन्य सहायताको आपूर्तिलाई तीव्रता दिन सम्झौता गरेको बताएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष