महिलालाई लाभान्वित गर्न फोनपेको नयाँ अभियान, ६ भाग्यशालीले पाउनेछन् हीराको गहना

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले ‘सक्षम नारी’ अभियान शुभारम्भ गरेको छ । महिलाहरूमा डिजिटल वित्तीय साक्षरता अभिवृद्धि गर्न राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँगको सहकार्यमा फोनले यो अभियान सुरु गरेको हो ।
महिलालाई डिजिटल वित्तीय साक्षरता प्रदान गर्नुका साथै आत्मनिर्भरताको बाटोमा डोर्याउन यो अभियान थालिएको फोनपेले जनाएको छ । अभियानले महिलाहरूलाई डिजिटल भुक्तानी प्रयोग गरी आफ्नो जीवन सहज बनाउन प्रेरित गर्ने विश्वास पनि लिइएको छ ।
मार्च ३१ सम्म सञ्चालन हुने यो अभियानमा सहभागी हुन महिलाहरूले साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत कम्तीमा तीन पटक फोनपे सेवा प्रयोग गरेको हुनुपर्नेछ ।
अभियानलाई आकर्षक बनाउन फोनपे र साझेदार बैंकहरूले विशेष पुरस्कार घोषणा गरेका छन्। जसअनुसार एक भाग्यशाली विजेताले श्री नटराज ज्वेलर्सको विशेष हीराको गहना र ५० जनाले १ हजार रूपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन्।
फोनपेकी मार्केटिंग प्रमुख सलिना नकर्मीले आर्थिक वृद्धिका लागि वित्तीय समावेशिता अत्यन्तै महत्त्वपूर्ण भए पनि डिजिटल वित्तीय सेवा प्रयोगमा महिलाहरूबीच अन्तर रहेको बताइन् ।
‘आर्थिक वृद्धिका लागि वित्तीय समावेशीकरण अपरिहार्य छ, तर डिजिटल भुक्तानीमा महिलाहरूको सहभागिता अझै कम छ,’ उनले भनिन् । ‘सक्षम नारी’ अभियानले यो खाडल पुर्दै महिलाहरूलाई डिजिटल साक्षरतामार्फत सशक्त बनाउने विश्वास उनले व्यक्त गरिन् ।
प्रतिक्रिया