NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १५ गते

पूर्वराजाको स्वागतमा नजाने भए राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आज तय गरिएको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

राजाको स्वागत कार्यक्रमको जिम्मा पार्टीले नेताद्वय ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएकाले नेता लिङ्देन त्यसमा उपस्थित नहुने भएका हुन् ।

आफू र प्रवक्तालाई स्वागत कार्यक्रमको जिम्मा दिइएकाले आजको कार्यक्रममा अध्यक्ष लिङ्देनको सहभागिता नरहने नेता शाहीले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइ सकेर आज संघीय राजधानी काठमाडौं फर्कंदैछन् । राप्रपालगायत राजावादी दल, संघ–संगठनले आफूहरूको पक्षमा जनलहर बढेको देखाएर सरकारलाई दबाब बढाउन दिउँसो ३ बजे विभिन्न क्षेत्रबाट –याली तथा जुलुस निकालेर राजाको स्वागत गर्दैछन् । राजालाई एअरपोर्टमा स्वागत गरेर नाराबाजी गर्दै त्यहाँबाट निर्मल निवास पु–याउने उनीहरूको कार्यक्रम छ । यो कार्यक्रममा झण्डै २५ हजार मानिस उतार्ने राजावादीको तयारी छ ।

यसैबीच, सरकारले राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था आइतबार बिहानैदेखि कडा पारेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष