राजेन्द्र लिङ्देनको मुड परिवर्तन, जाने भए राजालाई स्वागत गर्न एअरपोर्ट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि अन्ततः राजाको स्वागतका लागि आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् ।
राप्रपाले यसअघि पार्टीका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई राजाको स्वागत कार्यक्रममा पठाउने तर अध्यक्ष लिङ्देन उपस्थित नहुने आन्तरिक तयारी गरेको थियो । तर उक्त कार्यक्रममा सहभागी हुनुपर्ने माग सबैतिरबाट आएपछि लिङ्देन पनि सहभागी हुने भएका हुन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी राप्रपाका अध्यक्ष लिङ्देन पनि राजाको स्वागत कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए ।
‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजालाई स्वागत गर्न काठमाडौं एयरपोर्टमा उपस्थित हुनुहुन्छ,’ सबैलाई उपस्थित हुन आग्रह गर्दै शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।
राजावादी दल, समूह र संघ–संगठनले आइतबार पोखराबाट काठमाडौं फर्कंन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्दैछन् । राजाको समर्थनमा राजावादीहरूले प्रदर्शन गर्न लागेपछि सरकारले आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया