राजावादीलाई प्रचण्डले भने- लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितले न्याय नपाएका र गुठी पीडित जनताका माग सम्बोधन नभएकामा जनता पीडित भएका बताए ।
मुलुकको शान्तिप्रक्रिया गणतन्त्र स्थापनाको प्रस्थान विन्दु थियो भन्दै उनले राजतन्त्रको अन्त्यका क्रममा देखाइएको सदाशयतालाई कमजोरी नठान्न सम्बद्ध पक्षलाई सचेत गराए । जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्थाका विरुद्ध जाने छुट कसैलाई नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने बताए ।
लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो अवलम्बन गरिए क्रान्तिले आफ्नो मार्ग तय गर्ने चेतावनी उनले दिए । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । अध्यक्ष दाहालले भने, “राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई आपत्ति छैन ।” उनले सत्तासिनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताए।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया