युक्रेन युद्धविराम गर्न सहमत, अमेरिकाले पनि सहायता जारी राख्ने
काठमाडौं । रुससँग युद्धविराम गर्न युक्रेन सहमत भएको छ । युक्रेनले ३० दिन युद्धविराम गर्न सहमति जनाएपछि अमेरिकाले पनि यसअघि स्थगित गरिएको सहायता पुनः जारी राख्ने भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग जेद्धामा भएको वार्तामा अमेरिकी पक्षले ३० दिन युद्धविराम गर्न प्रस्ताव गरेको थियो । जसमा जेलेन्स्कीले सहमति जनाएका हुन् । त्यस्तै, अमेरिकालाई आफ्नो देशको खनिज स्रोतमा पहुँच दिन पनि युक्रेन सहमत बनेको छ ।
अमेरिकी विदेश मन्त्री मार्को रुवियोले युक्रेन युद्धविरामका लागि सहमत भएको जनाउँदै त्यसका लागि युक्रेन तयार हुनुपर्ने बताएको बिबिसीले जनाएको छ । यद्यपि, रुसले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
युक्रेन आफ्नो प्रस्तावमा सहमत भएपछि अमेरिकाले पनि सैन्य सहायता जारी राख्ने भएको छ । यसअघि ओभल अफिसमा युक्रेनका राष्ट्रपतिसँग नोकझोक चलेपछि अमेरिकाले सबै सैन्य सहायता स्थगित गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया