देशभरका सैनिक विद्यालयमा भर्ना खुल्यो, गैरसैनिकका छोराछोरीलाई पनि अवसर
काठमाडौं । देशका विभिन्न भागमा सञ्चालित सैनिक महाविद्यालय र विद्यालयमा भर्ना आह्वान गरिएको छ ।
नेपाली सेनाले १० महाविद्यालय र १ विद्यालयका विभिन्न कक्षामा नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेको हो ।
भर्ना आह्वान भएका स्कुलहरूमा सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुर, फूलबारी पोखरा, धरान, सुनसरी, मंगलगढी, सुर्खेत, तेघरी कैलाली, चैनपुर, चितवन, बर्दिवास, बुटवल, विजेश्वरी ज्ञान मन्दिर महाविद्यालय, विजेश्वरी, काठमाडौं र रिपूमर्दिनी महाविद्यालय, बाँसबारी, काठमाडौं छन् । त्यसैगरी, श्वेततारा मन्टेश्वरी सैनिक विद्यालय, छाउनीमा पनि प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजीमा भर्ना आह्वान गरिएको छ ।
सूचनाअनुसार, बहालवाला, भूतपूर्व सैनिकदेखि गैरसैनिकका छोराछोरीसम्मले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन यही चैत ३ गतेदेखि १३ गतेसम्म दिन सकिनेछ भने छनोटका लागि चैत १६ गते शनिबार प्रवेश परीक्षा हुनेछ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने



प्रतिक्रिया