दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
काठमाडौं । ट्राफिक प्रहरीले बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ ।
दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमित रूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवार रूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताए ।
“दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । चालकहरूले जिम्मेवार भएर नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उनले भने,“कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।”
कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया