सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ।
आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।
ग्यालेक्सी A56 5G ले पहिलो पटक’Awesome Intelligence’ सहितको AI अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको कम्पनीकाे भनाइ छ। यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”
यस्ता छन् विशेष प्रि-अर्डर अफरहरू :
१) NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ।
२) प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछन्।
उपलब्ध भेरियन्टहरू:
12GB RAM + 256GB स्टोरेज – MRP: NPR 70,999
8GB RAM + 256GB स्टोरेज – MRP: NPR 65,999
रंगहरू: Awesome Graphite, Awesome Light Gray र Awesome Olive
कम्पनिले ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध रहेकाे जानकारी दिएकाे छ ।
सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । ग्यालेक्सी A56 5G बजारमा भने ४ मार्च २०२५ बाट उपलब्ध हुनेछ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया