राजतन्त्रको पक्षमा खुले दीपकराज गिरीदेखि टीकाराम यात्रीसम्मका ३२ अनुहार
काठमडौं । विभिन्न क्षेत्रमा सफल बनेका चर्चित अनुहारहरू राजसंस्थाको पक्षमा खुलेका छन् । राजसंस्थाको पक्षमा आन्दोलन गर्ने तयारी चलिरहेका बेला पूर्व सचिव, पूर्व सुरक्षा प्रमुख, उद्योग वाणिज्य महासंघका नेतृत्वदायी व्यक्तित्वहरू, वरिष्ठ पत्रकार, चिकित्सक, कलाकार, साहित्यकार र कूटनीतिज्ञलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यसको पक्षमा खुलेका हुन् ।
राजावादी कित्तामा खुलेकाहरूमा सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, विनोद बहादुर श्रेष्ठ, राजाराज गिरि, हास्यव्यंग्य अभिनेता दीपकराज गिरि, वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, अनिल जोशी, पूर्वसचिव किशोर थापा, भीम उदास, डा. उत्तम कृष्ण श्रेष्ठ, उद्योगी किशोर प्रधान, सञ्चार उद्यमी दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल, श्याम कँडेल, पत्रकार टीकाराम यात्री, दुर्गाबहादुर थापा, जेसन वैद्य, यज्ञराज अधिकारी, ए.जी शेर्पा, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, व्यवसायी सुरेन्द्रवीर मालाकार, मधुसदन थापा, निर्मलराज पौडेल, ध्रुवनारायण श्रेष्ठ, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी र आशिष शेरचन छन् ।
विभिन्न क्षेत्रका ३२ व्यक्तिले जनआन्दोलनप्रति गुणात्मक र ऐतिहासिक ऐक्यबद्धता जनाउँदै त्यसको सम्मान गर्न सरकार र सरोकारवालालाई आह्वान गरेका छन् ।
भेलाले पाँचबुँदे अपिल जारी गर्दै आन्दोलनका स्वरूपहरूलाई पूर्ण रूपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ। साथै भेलाले आन्दोलनलाई अनियन्त्रित हुन नदिन यथाशीघ्र सहमति, वार्ता र संवाद गर्न सरकारसँग माग गरेकाे छ ।
राष्ट्रिय व्यक्तित्वहरूले जनताका शान्तिपूर्ण आवाज र मागहरूविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति, प्रतिकारात्मक गतिविधि र बल प्रयोग नगर्न समेत आग्रह गरेका छन्। यस संवेदनशील परिस्थितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था तथा पर्यवेक्षकहरूलाई निष्पक्ष र विवेकपूर्ण अनुगमन गर्न पनि भेलाले अपिल गरेको छ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह



प्रतिक्रिया