NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत १९ गते

रवीन्द्र मिश्रसहितका राजावादी नेता पक्राउ, नवराज नजरबन्दमा, दुर्गा फरार

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरूलाई आज साँझ पक्राउ गरिएको हो ।

तीनकुनेमा आज घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

त्यसैगरी, प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाईं भने फरार भएका छन् । सामाजिक सञ्जालमा प्रहरीले बोलाएको स्थानमा आफैं जाने स्ट्याटस लेखेका प्रसाईं त्यसलगत्तै फरार बनेका हुन् । प्रहरी स्रोतका अनुसार उनको खोजी कार्य चलिरहेको छ ।