प्रशासनले हटायो तीनकुने क्षेत्रको कर्फ्यू
काठमाडौं । राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ ।
पहिलो पटक शुक्रबार साँझदेखि लगाएको कर्फ्यू राति १० बजेसम्म तोकेकोमा त्यसलाई थप गरेर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । अवस्था सामान्य बनेपछि प्रशासनले शनिबार बिहानदेखि कर्फ्यूको समय थप नगरी हटाएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख ऋषिराम तिवारीले तीनकुने क्षेत्रमा गरिएको कर्फ्यू आदेश स्थगित गरिएको बताए ।
राजावादी संगठनले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । दुई जनाको ज्यान जानेगरी भएको उक्त घटनामा कैयन् निजी तथा सरकारी सम्पत्तिमाथि आगजनी गरिएको थियो ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया