नेपालगञ्जमा मनाइयो ईद
नेपालगञ्ज । बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् ।
नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले इद उल फित्रमा विश्वका लागि शान्तिको प्रार्थना गरिएको उल्लेख गर्दै यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयम्को अभ्यासमा जोड दिइने बताए । उनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको औँल्याउँदै यस अवसरमा जकार्ता फितर अर्थात् दान गर्नु अनिवार्य मानिएको बताए।
“रोजाका अवसरमा एक महिनाभर व्रत बस्नु स्वास्थ्यका हिसाबले पनि ठीक छ, यसले हाम्रो स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ”, उनले भने । यस पर्वमा मीठामीठा खानेकुरा खानुका साथै शुभकामना आदानप्रदान गरिँदै आएको उनले बताए ।
ईदमा मिठाई, खजुर, सेवईं तथा विभिन्न परिकार तयार गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीबीच भोज तथा भेटघाटको विशेष महत्व यस पर्वमा रहेको हुन्छ ।
ताजा अपडेट
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति


प्रतिक्रिया