‘अब प्रविधि चलाउन नजान्दापछि परिन्छ’

काठमाडौं। आधुनिकीकरण र प्रविधिको विकास तीव्र गतिमा बढेको छ । बढ्दो प्रविधि र ग्लोबल ट्रेन्ड हेर्दा अहिलेको प्रविधिलाई प्रयोग गर्नु चुनौतीपूर्ण छ ।
जति प्रविधि बढ्दै छन् अहिले यसलाई नलाउन नजान्दा हामी पछि पर्दैछौं । अझ एआईको विकास र यसको प्रभाव शिक्षा क्षेत्रमा झन धेरै प्रयोग गर्नुपर्ने हो तर यसमा पनि चुनौती देखिन्छ । एआईको माध्यम अहिले जति अवसर दिएको छ चुनौती पनि त्यतिनै थपिएको छ। विभिन्न अध्ययनहरुले त एआईको अत्यधिक प्रयोगले व्यक्तिको आलोचनात्मक सोच र चिन्तन हराउने देखाएको छ ।
प्रविधिको प्रभाव सबै क्षेत्रमा बढिरहेको छ, तर शिक्षामा यसको प्रयोग भने अझै न्यून छ। एआईको प्रयोगबाट शिक्षकलाई पाठ्यक्रम डिजाइन गर्न सहज भएको छ । तर शिक्षकलाई यसको सही ढंगले प्रयोग गर्न भने चुनाैती छ । त्यसले शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउन, एआईको चुनौती बुझाउन र यसको प्रभावकारी उपयोग गर्न अब एआइमा ग्लोबल गाइडलाइन आवश्यक भइसकेको छ । यसको सही उपयोग नहुँदा, एआईले जटिलता बढाउन सक्छ।
नेपालमा शिक्षा क्षेत्रमा जसरी नयाँ सोच र दीर्घकालिन हिसाबमा अघि बढ्नुपर्ने हो त्यस्तो प्रकारको न त नीति छ न सोच । नीति कार्यान्वयनको पक्ष अझ फितलो छ ।
विश्वविद्यालय विद्यार्थीलाई पढाउने सिकाउने भन्दा पनि अरु नै कुरामा रुमलिएकाे पाइन्छ । नेपालको शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन एआईको प्रयोगमा जोड दिन जरुरी छ । यसको प्रभावकारी उपयोग गर्ने हो भने सबै पक्षबाट समन्वय र तयारी आवश्यक छ।
(एजुकेसन डायलगमा बडी एण्ड डाटाकी इडी दोभान राईले राखेको भनाइ। उनी कम्प्युटर वैज्ञानिकसमेत हुन् )
यसको पूरा अंश हेर्न तलको भिडियोमा जानुहोस् :
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया