अदालतको आदेशलगत्तै रवि पक्राउ, भैरहवा लगियो
काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाका आरोपी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।
इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर, बुटवलका इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।
यसअघि रू एक करोड धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो ।
यसैबीच, अदालतको आदेशलगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
लामिछानेलाई काठमाडौंको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो ।
रास्वपाले पक्राउ पुर्जीविनै लामिछानेलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । भर्चुअल माध्यमबाट सचिवालय बैठक बस्दै रास्वपाले यो क्षम्य नहुने जनाएको छ ।
शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई अहिले भैरहवा पु-याइएको छ । यती एअरलाइन्सको विमानमार्फत उनलाई शनिबार बिहान भैरहवा लगिएको हो । आज र भोलि बिदा परेकाले अब सोमबार उनलाई अदालतमा उपस्थित गराइनेछ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया